दफा ८५
निरीक्षण तथा जाँचबुझ गर्न सक्ने
(१) दफा ८४ बमोजिम नियमन तथा अनुगमन गर्ने प्रयोजनको लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा निर्देशिका वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार बोर्ड आपैmले वा अरु कसैलाई आपूmलाई भएको अधिकार प्रत्यायोजन गरी निरीक्षण तथा जाँचबुझ गर्न गराउन सक्नेछ । (२) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा अधिकार प्राप्त व्यक्तिले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थामा रहेको सूचना, तथ्यांक, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा जाँचबुझ गर्न वा सम्बन्धित कुनै पनि व्यक्तिसँग सोधपुछ गर्न वा निजहरुको बयान लिन सक्नेछ । (३) उपदफा (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसकेपछि बोर्डले सोको प्रतिवेदन तयार गरी राख्नु पर्नेछ । बोर्डबाट अधिकार प्राप्त व्यक्तिले निरीक्षण तथा जाँचबुझ गरेको भए सो व्यक्तिले त्यस्तो निरीक्षण तथा जाँचबुझको प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ । (४) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा अपनाउने कार्यविधि र निरीक्षण तथा जाँचबुझपछि पेश गर्नु पर्ने प्रतिवेदन तयार गर्दा अपनाउने विधि तोकिए बमोजिम हुनेछ ।